विराटनगर–१४ स्थित डिग्री क्याम्पसको मैदानमा उद्योग संगठन मोरङद्वारा पुस २ देखि ११ गतेसम्म नवौँ ‘विराट एक्स्पो २०२६’ आयोजना हुने भएको छ। ‘द इकोसिस्टम अफ अपरच्युनिटिज’ नाराका साथ आयोजना हुने यस मेलामा २७५ भन्दा बढी स्टलका साथै विभिन्न सीप विकास, स्टार्टअप र रोजगारीसँग सम्बन्धित कार्यक्रमहरू सञ्चालन गरिनेछन्।
पुस २ देखि विराटनगरमा ‘विराट एक्स्पो’