सिटिजन्स बैंकले बाढीका कारण पूर्ण रूपमा क्षति भएको देवीघाट शाखालाई स्थानान्तरण गरी नुवाकोटको विदुर नगरपालिका-२, बट्टारबाट पुन: सञ्चालनमा ल्याएको छ। बैंकले उक्त नयाँ शाखाबाट वित्तीय सेवाहरू प्रवाह गर्नुका साथै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना समेत बनाएको छ।
नुवाकोटको बट्टारमा सिटिजन्स बैंकको देवीघाट शाखा स्थानान्तरण