लन्डनमा आयोजित विश्व यात्रा तथा पर्यटन परिषद्को मन्त्रीस्तरीय सम्मेलनमा पर्यटनमन्त्री खडकराज पौडेलले जलवायु परिवर्तनले पर्यटन क्षेत्र र पूर्वाधारमा पारेको गम्भीर असरबारे विश्वको ध्यानाकर्षण गराएका छन्। उनले दिगो पर्यटन विकासका लागि समुदायको सशक्तीकरण, प्रभावकारी सरकारी सहयोग र संस्थागत सहकार्यमार्फत विपद् व्यवस्थापन प्रणाली विकास गर्नुपर्नेमा जोड दिएका छन्।
पर्यटनमन्त्रीले गराए जलवायु असरबारे विश्वको ध्यानाकर्षण