नेपालको पहिलो मल्टिप्लेक्स बिग मुभिजले दर्शकको बढ्दो अपेक्षालाई सम्बोधन गर्दै आफ्नो हललाई अत्याधुनिक प्रविधि, स्तरीय साउन्ड सिस्टम र आरामदायी सिटसहित अन्तर्राष्ट्रिय स्तरको बनाएको छ। कमलपोखरीस्थित सिटी सेन्टरमा रहेको यस हलमा ४के लेजर प्रोजेक्टर, डल्बी एट्मस र लक्जरी रिक्लाइनर कुर्सीहरू जडान गरी पूर्ण रूपमा नयाँ वातावरण तयार पारिएको छ।
बिग मुभिजमा अब अन्तर्राष्ट्रिय स्तरको सुविधा अनुभव गर्न पाइने