LiveFriday, Nov 6, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

बुढीगण्डकी बाढीपछि फसेका ४४१ जनाको बुधबार हेलिकोप्टरबाट उद्धार

७ विदेशीसहित ४४१ जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको रुद्रध्वज गणका गणपति विरोध रिजालले जानकारी दिएका छन् । गोरखा — बुढीगण्डकी बाढीपछि फसेका ४४१ जनाको बुधबार उद्धार भएको छ । ७ विदेशीसहित ४४१ जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको रुद्रध्वज गणका गणपति विरोध रिजालले बताए । यस्तै, बुधबार ७५० किलो खाद्यान्न तथा राहत सामाग्री पनि बाढी प्रभावित गोरखाको उत्तरी क्षेत्रमा पठाइएको छ । नेपाली सेनाले डुबानमा परेका घरका सामाग्रीहरू पनि झिकेर स्थानान्तरण गरेको छ । बाढीपछिको चार दिनमा बाढी प्रभावित क्षेत्रमा एक हजारभन्दा बढीको उद्धार भइसकेको छ । बुधबार चुमनुब्री र धार्चे क्षेत्रमा फसेकाको उद्धारसँगै उत्तरी क्षेत्र जानेलाई पनि हेलिकोप्टरमार्फत पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए । ‘दसैं बिदा भयो, गाउँ जानेहरूलाई पनि आरुघाटबाट सम्बन्धित ठाउँमा पुर्याएका छौँ,’ उनले भने । हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् । यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल.

Sign in with Google to open the full article.