चीनले तातोपानी नाका खोल्न किन आनाकानी गरिरहेको छ ? तातोपानी नाका खोल्ने विषयमा भूराजनीतिक चासो किन जोडिएको छ ? नेपालले तातोपानी नाका खोल्न आग्रह गर्दा चीनले के जवाफ दिएको छ ? यस्ता प्रश्नको जवाफ हामीले ५ प्रश्नोत्तरमा दिने प्रयास गरेका छौं। काठमाडौँ — चिनियाँ पक्षले छोटो समयका लागि नाका खोल्न सकिने संकेत दिए पनि दीर्घकालीन सञ्चालनका लागि विस्तृत अध्ययन आवश्यक रहेको जनाएको छ । सुरक्षा चुनौती, लजिस्टिक समस्या र बारम्बार खस्ने पहिरोलाई उसले जटिलताका रूपमा औंल्याएको छ । आखिर तातोपानी नाका खोल्न चीन किन अनिच्छुक छ ? तलकाे ५ प्रश्नोत्तरमा बुझ्नुहाेस् : १. नेपालले तातोपानी नाका खोल्न आग्रह गर्दा चीनले के जवाफ दिएको छ ? १० भदौमा भोटेकोशीमा आएको बाढीले चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी बन्द भएपछि नेपालले सिन्धुपाल्चोकको तातोपानी नाका खोल्न चीनसँग आग्रह गरेको थियो । तर, चीनले तत्काल सहमति दिनुको सट्टा रसुवागढी नाका पुनः सञ्चालन गर्न सहयोग गर्ने आश्वासन दियो । मुस्ताङको कोरला नाका पनि बाढीपहिरोले अवरुद्ध भएपछि नेपाली व्यवसायीले चिनियाँ राजदूत झाङ माओमिङ, परराष्ट्र मन्त्रालय र सम्बन्धित निकायमार्फत तातोपानी नाका खोल्न पहल गरेका छन् । तर, दसैंअघि नाका खुल्ने टुंगो लागेको छैन । २.
तातोपानी नाका खोल्न चीन किन अनिच्छुक छ ? ५ प्रश्नोत्तरमा बुझ्नुहोस्