भट्टका बाबु चतुर्भुज भट्टले दर्ता गरेको बन्दीको निवेदन यसअघि सुवेदीकै इजलासले कात्तिक १३ गते सुनुवाइ नगरी फर्काएको थियो । काठमाडौँ — फिक्सर दीपक भट्टको बन्दीप्रत्यक्षीकरणको निवेदनको पेसी न्यायाधीशद्वय शारंगा सुवेदी र नित्यानन्द पाण्डेयको इजलासमा तोकिएको छ । भट्टका बाबु चतुर्भुज भट्टले दर्ता गरेको बन्दीको निवेदन यसअघि सुवेदीकै इजलासले कात्तिक १३ गते सुनुवाइ नगरी फर्काएको थियो । त्यसबेला भट्टको निवेदनसँगै विशेषको आदेशविरुद्धको १७ नम्बरको निवेदन पनि पेस भएको भए साथै राखेर सुनुवाइ गर्नुपर्ने भन्दै हेर्न अस्वीकार गरिएको थियो । तर बुधबार उनै सुवेदीको इजलासमा पेसी तोकिएको हो । ३ असारमा भट्टलाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो । विशेष अदालतले सम्पत्ति शुद्धीकरणको मुद्दामा मुछिएका दीपक भट्ट र सुलभ अग्रवाललाई एकै दिन पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले दुवै जनालाई थुनामा पठाउने निर्णय गरेको थियो । त्यसविरुद्ध असोज ७ गते सर्वोच्चमा गैरकानुनी थुनामा राखिएको भन्दै बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गरिएको थियो । सोही बन्दीको निवेदनमा चलखेल भएको भन्दै फिक्सर इनाम सापकोटासहित पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा छानबिनमा तानिएका छन् । यही विवादमा सर्वोच्चका न्यायाधीशहरू पनि विवादमा तानिएका छन् । प्रहरीले दीपक भट्टलाई चैत १९ गते र सुलभ अग्रवाललाई चैत २२ गते पक्राउ गरेको थियो । दुर्गा कान्तिपुर मिडिया ग्रुपका कानुन संवाददाता हुन् । उनी कानुन, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् । यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल.
दीपक भट्टको पेसी न्यायाधीश शारंगा र पाण्डेयको इजलासमा