LiveFriday, Nov 6, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

सिटीको घरमा पीएसजी विजयी

डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युरोपेली च्याम्पियन्स लिगमा बुधबार म्यानचेस्टर सिटीलाई उसकै घरमा ४–२ ले पराजित गरेको छ । काठमाडौँ — डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युरोपेली च्याम्पियन्स लिगमा बुधबार म्यानचेस्टर सिटीलाई उसकै घरमा ४–२ ले पराजित गरेको छ । ब्राडली बारकोलाको ह्याट्रिक सहित डेब्यु गोलमा लिभरपुलले अस्ट्रियाको एलएएसकेलाई ६–३ ले हराएको छ । अन्य प्रमुख खेलमा रियल म्याड्रिडले एएस रोमामाथि ४–३ र एस्टन भिल्लाले फेनाबाचेमाथि ६–० को जित निकाल्यो । इतिहाडमा सुरुआती आधा घण्टाभित्र डेसिएर डोउ, ओसमन डेम्बेले र भिटिन्हाले गोल गरेपछि खेल पीएसजीनको नियन्त्रणमा गएको थियो । दोस्रो हाफमा सिटीका लागि इर्लिङ हालान्डले दुई गोल फर्काए पनि त्यो पर्याप्त रहेन् । लिभरपुलले पनि एक समय चार गोलको अग्रता लिएर पनि पछि तीन गोल खाएको थियो । बारकोलाले २४, ३७ र ६६ औं मिनेटमा गोल गरे । रियलले भने रोमाविरुद्ध ३–१ ले पछाडि रहेर पनि पुर्नआगमन जित रचेको हो । यस्तै फायनउडले कोमोलाई ३–२, बोडो/गिल्म्टले बोरुसियालाई १–०, रियल बेटिसले पोर्टोलाई ३–२, साख्तर डोटेस्कले एईके एथेन्सलाई ३–१ र स्टुटगार्टले स्लोभान ब्राटिस्लाभलाई ३–० ले पराजित गर्यो । यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल.

Sign in with Google to open the full article.