नेपाल बिजनेस इन्ष्टिच्युट र बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको संयुक्त आयोजनामा भएको सम्मेलनमा एआई, डिजिटल व्यवसाय, रोबोटिक्स, भविष्यका सीप, रोजगारी, स्टार्टअप तथा उद्यमशीलताका लागि वित्तीय पहुँचलगायत विषयमा छलफल गरिएको थियो । काठमाडौं — एआई, उद्यमशीलता र रोजगारीलाई आर्थिक रुपान्तरणको आधार बनाउने संकल्पसहित आयोजित नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन २०२६ को पाँचौँ संस्करण सम्पन्न भएको छ । सम्मेलनले युवाको क्षमतालाई उत्पादन, नवप्रवर्तन र रोजगारीमा रूपान्तरण गर्दै आत्मनिर्भर तथा समृद्ध नेपाल निर्माण गर्न सहकार्य आवश्यक रहेको सन्देश दिएको आयोजकको भनाइ छ । नेपाल बिजनेस इन्ष्टिच्युट र बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको संयुक्त आयोजनामा भएको सम्मेलनमा एआई, डिजिटल व्यवसाय, रोबोटिक्स, भविष्यका सीप, रोजगारी, स्टार्टअप तथा उद्यमशीलताका लागि वित्तीय पहुाचलगायत विषयमा छलफल गरिएको थियो । सम्मेलनमा करिब ४०० उद्यमी, युवा प्रतिनिधि, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, निजी क्षेत्र, प्रविधि क्षेत्र र नीति निर्माणसँग सम्बन्धित सरोकारवालाको सहभागिता थियो । सहभागीहरूले युवा उद्यमशीलता प्रवर्द्धन, प्रविधिको उपयोग, लगानी विस्तार र उद्यममैत्री वातावरण निर्माणमा जोड दिएका थिए । सम्मेलनमा एआई तथा डिजिटल अर्थतन्त्रमा युवाको भूमिका उजागर, युवा उद्यमीको वित्तीय पहुँच विस्तारको आवश्यकता पहिचान, सीप विकास र रोजगारीबीचको सम्बन्धमा जोड तथा सरकार, निजी क्षेत्र र वित्तीय संस्थाबीच सहकार्यको महत्वलाई प्राथमिकता दिएको एनबीआईका कार्यकारी अध्यक्ष तथा सम्मेलन प्रमुख विशाल गैरेले जानकारी दिए । सिविफिनका अध्यक्ष राजेश उपाध्यायले युवालाई सीप, पुँजी, प्रविधि र बजारसँग जोड्दै उद्यमशीलता तथा रोजगारी सिर्जनामार्फत नेपालको अर्थतन्त्रलाई बलियो बनाउनुपर्नेमा जोड दिए । सरकार, वित्तिय संस्थाहरू र युवा उद्यमीहरूको सामुहिक प्रयासबाट मात्र उद्यमशीलताले अनुकुल वातावरण प्राप्त गर्ने उपाध्यायको भनाइ थियो । सम्मेलनमा सूचना तथा सञ्चारमन्त्री डा. बिक्रम तिमिल्सिना, योजना आयोगका सदस्य डा.
पाँचौँ युवा उद्यमशीलता सम्मेलन सम्पन्न