म्यानचेस्टर युनाइेटडले दुई गोलले पछाडि रहेको स्थितिबाट युरोपेली च्याम्पियन्स लिगमा मंगलबार एएस रोमालाई ३–२ ले हराएको छ र यसले समस्यामा रहेका प्रशिक्षक माइकल क्यारेकलाई ठूलो राहत दिनेछ । काठमाडौँ — म्यानचेस्टर युनाइेटडले दुई गोलले पछाडि रहेको स्थितिबाट युरोपेली च्याम्पियन्स लिगमा मंगलबार एएस रोमालाई ३–२ ले हराएको छ र यसले समस्यामा रहेका प्रशिक्षक माइकल क्यारेकलाई ठूलो राहत दिनेछ । डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले भने आफ्नो शतप्रतिशत सुरुआत कायम राख्यो । यसका लागि उसले भिल्लारियलमाथि ६–० को जित निकालेको हो । म्याथिस सोल र डोनयेल मालेनको गोलमा रोमाले दुई गोलको अग्रता लिएको थियो र युनाइटेड ओल्ड ट्राफोर्डमा एक अर्को हारतर्फ अग्रसर देखिएको थियो । त्यसपछि ब्रुनो फर्नान्डेजले पेनाल्टीबाट पहिलो गोल फर्काए । म्याथस कुन्हाले तीन मिनेटको अन्तरमा दुई गोल गरेपछि युनाइटेडको जित सम्भव भएको हो र यसले घरेलु समर्थकबीच खुसीयाली छाएको थियो । पछि उनी रातो कार्डमा मैदानबाट पनि बाहिरिए । फ्रान्सेली च्याम्पियनका लागि भने फाबिन रुइजले दुई गोल गरे । यस्तै बायर्न म्युनिकले एटलेटिको म्याड्रिडलाई २–० ले हरायो र त्यसमा लेनार्ट कार्ल तथा कोनार्ड लामेरले एक एक गोल गरे । इन्टर मिलान भने फायनउडमाथि ३–० ले विजयी रह्यो । बार्सिलोना पनि एस्टन भिल्लामाथि ३–० को जित रच्न सफल रह्यो । त्यसमा राफिन्हाले दुई र लामिन यामलले एक गोल गरे । यस्तै अन्य खेलमा गालातासारेले स्टुटगार्टलाई २–०, स्पोर्टिङ लिस्वनले साख्तर डोनेस्कलाई १–० र एलएएसकेले स्लोभान ब्राटिस्लाभलाई ४–० ले हरायो । बोडो/गिल्मट र लिलले भने गोलरहित बराबरी खेले । यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल.
रोमामाथि युनाइटेडको उत्कृष्ट पुनरागमन जित