जाइस क्यामेरा, ७,२०० एमएएच ब्याट्री र ९० वाट फास्ट चार्जिङ सुविधासहितको फोनको मूल्य १ लाख ८ हजार ९९९ रुपैयाँदेखि सुरु हुने कम्पनीले जनाएको छ । काठमाडौँ — भिभोले नयाँ स्मार्टफोन भी ८० नेपाली बजारमा सार्वजनिक गरेको छ । जाइस पोट्रेट क्यामेरा, सात हजार दुई सय एमएएच ब्याट्री र ९० वाट फास्ट चार्जिङ सुविधासहितको फोनको सुरुवाती मूल्य एक लाख आठ हजार ९९९ रुपैयाँ तोकिएको छ । आठ जीबी र्याम र २५६ जीबी स्टोरेजको मूल्य एक लाख आठ हजार ९९९ तथा ५१२ जीबी स्टोरेजको मूल्य एक लाख ३३ हजार ९९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ । फोनमा ५० मेगापिक्सेलको जाइस सुपर टेलिफोटो र सेल्फी क्यामेरा तथा १. ५ के ओएलईडी डिस्प्ले रहेको छ । धुलो र पानी प्रतिरोधका लागि आईपी ६८ र आईपी ६९ रेटिङ दिइएको छ । ओरिजिन ओएस सेभेनमा सञ्चालन हुने फोनमा एआई सुविधासमेत समावेश छन् । साथै, नोभेम्बर १ देखि ४ तारिखसम्म प्रिबुकिङ गर्ने १२ सय ग्राहकले भीभो टीडब्लूएस इयरबड्स, २ हजार रुपैयाँ क्यासब्याक, अगाडि तथा पछाडिको स्क्रिन ब्रेकेज इन्स्योरेन्स र ६ महिनाको अतिरिक्त वारेन्टी पाउनेछन् । कम्पनीले छ वर्षसम्म सुरक्षा अपडेट उपलब्ध गराउने जनाएको छ । नोभेम्बर पाँचदेखि दराज र आधिकारिक बिक्री केन्द्रमार्फत उपलब्ध हुने फोनमा १२ महिनाको शून्य प्रतिशत ब्याजदरको किस्ताबन्दी सुविधा पनि दिइने कम्पनीले जनाएको छ । यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। कान्तिपुर पब्लिकेशन्स् लि.
भिभोको नयाँ स्मार्टफोन भी ८० सार्वजनिक