कपिलवस्तुको सदरमुकाम तौलिहवामा बडादसैंको सातौं दिन शनिबार परम्परागत विधि, हर्षोल्लास र विशेष पूजाआजाका साथ फूलपाती भित्र्याइएको छ। कोटियामाई, समयमाईलगायत विभिन्न मन्दिरहरूबाट धार्मिक विधिपूर्वक नौ प्रकारका वनस्पतिसहितको फूलपाती दसैंघरमा भित्र्याइएको हो।
कपिलवस्तुमा परम्परागत रूपमा फूलपाती भित्र्याइयो