एभरटनले इंग्लिस प्रिमियर लिगमा सोमबार न्युकासल युनाइटेडलाई १–० पराजित गरेको छ र यससँगै अंक तालिकाको सातौं स्थानमा उक्लेको छ । काठमाडौँ — एभरटनले इंग्लिस प्रिमियर लिगमा सोमबार न्युकासल युनाइटेडलाई १–० पराजित गरेको छ र यससँगै अंक तालिकाको सातौं स्थानमा उक्लेको छ । हारले न्युकासलका प्रशिक्षक म्याथिस यासलेमाथि दबाब बढेको छ । सेन्ट जेम्स पार्कमा भएको खेलमा एक मात्र गोल थिएर्नो बेरीले गरे । खेलको अन्त्यतिर हरिसन आम्स्ट्रङमाथि डरलाग्दो फल गरेपछि ज्याकोब राम्सीलाई रातो कार्ड देखाइएको थियो र न्युकासल दस खेलाडीमा सीमित रह्यो । साउदी लगानी रहेको न्युकासल सबै प्रतियोगिताका पछिल्ला पाँचमध्ये चार खेलमा पराजित रहेको छ । यस्तै पछिल्ला सातमध्ये दुई खेलमै मात्र न्युकासल विजयी रहेको छ । एभरटनको १३ अंक भएको छ भने न्युकासल ११ अंकमा १३ औं स्थानमा रह्यो । यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल.
न्युकासललाई हराएर एभरटन सातौंमा