नेपालमा बढ्दो साइबर ठगी नियन्त्रण तथा ठगी भएको रकम तत्काल रोक्का गरी फिर्ता गर्ने उद्देश्यले नेपाल प्रहरी, राष्ट्र बैंक र विभिन्न सेवा प्रदायक संस्थाहरूको सहकार्यमा 'एन्टिस्क्याम सेन्टर' स्थापना गर्न लागिएको छ। आगामी मंसिरदेखि सञ्चालनमा आउने यो संयन्त्रले ठगी भएको सूचना पाउनासाथ बैंक खाता, फोन नम्बर र वेबसाइटहरू पहिचान गरी तत्काल कारबाही अघि बढाउनेछ।
साइबर ठगी नियन्त्रण : प्रहरी र सेवा प्रदायक एकै ठाउँ, मंसिरदेखि काम सुरु