तिहारको मुखमा बजारमा भाइमसलाको मूल्य अचाक्ली बढेको छ, जसमा विशेषगरी पिस्ताको मूल्य गत वर्षको तुलनामा दोब्बर भएर ४ हजार रुपैयाँ प्रतिकिलो पुगेको छ। भन्सार तथ्यांकले पर्याप्त मात्रामा सामान आयात भएको देखाए पनि व्यापारीहरूले आपूर्तिमा अवरोध र ढुवानीको बहाना बनाउँदै अस्वाभाविक मूल्य असुलिरहेका छन्।
महँगियो भाइमसला, पेस्ता किलोकै ४ हजार