नेपालको सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बल (एसएसबी) बीच सीमा सुरक्षा र समन्वयलाई सुदृढ पार्ने उद्देश्यले काठमाडौंमा १०औं द्विपक्षीय बैठक सुरु भएको छ। बुधबारदेखि शुक्रबारसम्म चल्ने उक्त बैठकमा सीमा अपराध नियन्त्रण, सीमा व्यवस्थापन र दुई देशबीचको सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल हुनेछ।
नेपाल–भारत सीमा सुरक्षा निकायको १०औं समन्वय बैठक काठमाडौंमा सुरु