LiveFriday, Nov 6, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

प्रहरी महानिरीक्षकले छलफलका लागि बोलाए उच्च प्रहरी अधिकारीहरूलाई

एक डीआईजीले कान्तिपुरसँग नाम सार्वजनिक नगर्ने सर्तमा प्रहरी प्रधान कार्यालयबाट तत्कालै बोलावट आएको बताए । उनले भने, ‘अहिले प्रहरी महानिरीक्षकको विषयमा आइरहेका मिसइन्फर्मेसनलाई स्पष्ट पार्न भेला हुन भनिएको छ।’ काठमाडौँ — प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सबै डीआईजीसहितका उच्च अधिकारीहरूलाई प्रहरी प्रधान कार्यालयमा छलफलका लागि बोलाएका छन्। एक डीआईजीले कान्तिपुरसँग नाम सार्वजनिक नगर्ने सर्तमा प्रहरी प्रधान कार्यालयबाट तत्कालै बोलावट आएको बताए । उनले भने, ‘अहिले प्रहरी महानिरीक्षकको विषयमा आइरहेका मिसइन्फर्मेसनलाई स्पष्ट पार्न भेला हुन भनिएको छ।’ उनले विभिन्न सञ्चारमाध्यमहरूमा प्रहरी महानिरीक्षकलाई सरकारले हटाउँदै छ भन्ने खालका विवरणहरू सार्वजनिक भइरहेको बताउँदै यही विषयमा छलफल गर्न बोलाइएको हुन सक्ने बताए। यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल.

Sign in with Google to open the full article.