पञ्चायती शासनको उत्कर्षमा गोविन्द र श्याम तमोटले मिलेर लेखेको र पूर्वका क्रान्तिकारीहरूको राष्ट्रगान नै बनेको एउटा गीत थियो— “संघर्ष हो जीवन, जीवन संघर्ष हो”। गीतको त्यही पङ्ति जस्तै गोविन्दको तमाम जीवन संघर्षको पर्याय बन्यो। मेरो पहिलो नम्बरको ओरिजिनल जिगरी दोस्त थियो गोविन्द बोहोरा, पूरा नाउँ गोविन्दबहादुर बोहोरा। म तीन कक्षामा हुँदा हाम्रो श्री भगवती मिडिल स्कूल फाँटिलो ठाउँमा बनेको आफ्नै भवनमा सरेदेखि नै मैले उसलाई फेला पारेको थिएँ र ऊ मेरो निकटतम मित्र बन्न पुगेको थियो। मिडिल स्कूलदेखि कसिए
एक थिए गोविन्द विकल