LiveThursday, Nov 5, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

टोटनहम आठौं स्थानमा

लय समाटेको टोटनहमले इग्लिस प्रिमियर लिगमा शनिबार क्रिस्टल प्यालेसलाई २–० ले पराजित गरेको छ र अंक तालिकाको आठौं स्थानमा उक्लेको छ । काठमाडौँ — लय समाटेको टोटनहमले इग्लिस प्रिमियर लिगमा शनिबार क्रिस्टल प्यालेसलाई २–० ले पराजित गरेको छ र अंक तालिकाको आठौं स्थानमा उक्लेको छ । यो जितछि टोटनहमको १२ अंक भएको छ । प्यालेस भने सात अंकमा रेलिगेसन क्षेत्रमा रह्यो । टोटनहमका लागि आर्चे ग्रे र जन पउल भानले गोल गरे । खेलको अन्त्यमा प्यालेस दस खेलाडीमा सीमित रहेको थियो । अर्को खेलमा एस्टन भिल्ला र फुलहमले १–१ को बराबरी खेले । यसअघि ब्राइटनले शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीलाई १–० ले हराएको थियो । यो हारपछि भने सिटी २१ अंकमा शीर्ष स्थानमा रह्यो । उसको पछाडि आर्सनल समान अंकमा रहेको छ । ब्राइटन भने १९ अंकमा तेस्रो स्थानमा रह्यो । आइतबार आर्सनलले लिभरपुलको सामना गर्दैछ । आर्सनल एनफिल्डको भ्रमणमा जान लागेको हो । यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल.

Sign in with Google to open the full article.