सामाजिक सञ्जालमा अनुहारमा स–साना सुईले घोचिरहेको र त्यसपछि रगतजस्तो रातो देखिने विभिन्न दृश्य निकै देखिन्छन् । कतिपयले यसलाई ‘भ्याम्पायर फेसियल’ भनेर चिनाउँछन् भने कतिपयले माइक्रोनिडलिङ उपचारका रूपमा बुझ्छन् । छालाको दाग, डन्डीफोरका खत, फाइन लाइन, चाउरी र छालाको बनावट सुधार्ने दाबीका कारण यसको चर्चा पनि बढिरहेको छ । के यसले दावी गरिए र सामाजिक सञ्जालमा देखिएजस्तो काम गर्छ ? यिनै विषयमा छाला रोग विशेषज्ञ डा. प्रज्जवल पुडासैनी सँग गरिएको कुराकानीको सम्पादित अंश: माइक्रोनिडलिङ भनेको वास्तवमा के हो ? माइक्रोनिडलिङमा साना–साना सुई प्रयोग गरी छालामा स–साना सूक्ष्म घाउ अर्थात् माइक्रो इन्जुरी बनाएर छालाका समस्या निको पार्ने उपचार प्रक्रिया हो । सामान्यतया करिब ०.
विश्वभरि चर्चित ‘भ्याम्पायर फेसियल’ : दाग, खत, चाउरीपन हटाउन कति प्रभावकारी ?