LiveFriday, Nov 6, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

पाँच सय ग्राम हेरोइन र पेस्तोलसहित तीन जना पक्राउ

ब्युरोका अनुसार बिहीबार दुईवटा मोटरसाइकलमा आउँदै गरेका उनीहरूलाई नियन्त्रणमा लिन खोज्दा भारतीय नागरिक दीपककुमार बोसाकले साथमा रहेको पेस्तोल निकालेर प्रहरीमाथि फायर गरेका थिए । काठमाडौँ — लागूऔषध नियन्त्रण ब्युरोले ५०० ग्राम हेरोइन र पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ । भारतबाट नेपालमा लागूऔषधको कारोबार गर्ने भारतीय नागरिक र सो गिरोहमा संलग्न नेपाली नागरिकमाथि निगरानी गर्ने क्रममा मोरङको रतुवामाई नगरपालिका–६ बाट उनीहरूलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ । ब्युरोका अनुसार बिहीबार दुईवटा मोटरसाइकलमा आउँदै गरेका उनीहरूलाई नियन्त्रणमा लिन खोज्दा भारतीय नागरिक दीपककुमार बोसाकले साथमा रहेको पेस्तोल निकालेर प्रहरीमाथि फायर गरेका थिए । त्यसपछि प्रहरीले चेतावनीस्वरूप एक राउन्ड हवाई फायर गरेको थियो । प्रहरीले जवाफी कारबाहीका क्रममा तीन जनालाई नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ पर्नेमा भारतको बिहारस्थित अररिया जिल्लाका २२ वर्षीय दीपककुमार बोसाक, बिहारकै ४० वर्षीय पूर्णकुमार बोसाक र मोरङको रतुवामाई नगरपालिका–१ का ३५ वर्षीय योगेन्द्र ठाकुर छन् । उनीहरूको साथबाट ५०० ग्राम हेरोइन, एक थान पेस्तोल, एक थान एईको गोली र दुई राउन्ड गोली, दुईवटा मोटरसाइकल तथा तीनवटा मोबाइल बरामद गरिएको ब्युरोले जनाएको छ । घटनामा घाइते भएका दुई भारतीय नागरिकको रतुवामाई नगर अस्पतालमा उपचार भइरहेको छ । घाइते योगेन्द्र ठाकुरलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सिजुवा, मोरङ बुझाइएको ब्युरोले जनाएको छ । यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल.

Sign in with Google to open the full article.