LiveThursday, Nov 5, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

सूक्ष्म पोषक तत्त्व सर्वेक्षण किन महत्त्वपूर्ण छ ? ५ प्रश्नोत्तरमा बुझ्नुहोस्

सामान्यतया प्रत्येक १० वर्षमा गरिने यो सर्वेक्षण किन महत्त्वपूर्ण छ ? यो सर्वेक्षणबारे बुझ्नुपर्ने कुराहरू के हुन् ? काठमाडौँ — सरकारले आम नागरिकमा भिटामिन ‘ए’, आइरन, फोलिक एसिड र आयोडिनलगायत शरीरलाई आवश्यक थुप्रै सूक्ष्म पोषक तत्त्वको अवस्था तथा रक्तअल्पताको स्थिति मूल्यांकन गर्न आगामी मंसिरमा देशव्यापी सूक्ष्म पोषक तत्त्व सर्वेक्षण गर्दै छ । सामान्यतया प्रत्येक १० वर्षमा गरिने यो सर्वेक्षण किन महत्त्वपूर्ण छ ? यो सर्वेक्षणबारे बुझ्नुपर्ने कुराहरू के हुन् ? हामीले ५ प्रश्नोत्तरमा बुझाउने प्रयास गरेका छौँ । १. देशव्यापी सूक्ष्म पोषक तत्त्व सर्वेक्षण कहिले र किन गरिँदै छ ? सर्वसाधारणमा भिटामिन ‘ए’, आइरन, फोलिक एसिड र आयोडिनलगायत शरीरलाई आवश्यक सूक्ष्म पोषक तत्त्वको अवस्था तथा रक्तअल्पताको स्थिति मूल्यांकन गर्न आगामी मंसिरमा यो सर्वेक्षण गरिँदै छ । यस्तो सर्वेक्षण सामान्यतया प्रत्येक १० वर्षमा गरिन्छ । १७–१८ कात्तिकमा सञ्चालन हुने भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने अभियान सकिएको ६ हप्तापछि अध्ययन सुरु हुनेछ । यसअघि भिटामिन ‘ए’ खुवाउँदा यसको कमीको वास्तविक अवस्था पत्ता लगाउन कठिन हुने भन्दै अधिकारीहरूले नियमित अभियान फागुनसम्म स्थगित गर्ने योजना बनाएका थिए । तर विश्व स्वास्थ्य संगठन, संयुक्त राष्ट्रसंघीय बालकोषलगायतका विज्ञ सम्मिलित समूहको बैठकले अभियान सम्पन्न भएको ६ हप्तापछि अध्ययन गर्न सकिने सुझाव दियो । यो सर्वेक्षणबाट तयार पारिने प्रतिवेदनले राष्ट्रिय पोषण नीतिलाई पुनरावलोकन र परिमार्जन गर्न सहयोग गर्ने पोषण शाखा प्रमुख लीलाविक्रम थापाले बताए । २.

Sign in with Google to open the full article.