म्याद सकिन लाग्दा लागत बढेको र निर्माणको जिम्मेवारी थपिएको यो आयोजनाले फेरि समय माग्ने तयारी गरिरहेको छ। काठमाडौँ — गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण समयावधि ३ महिना मात्र बाँकी छँदा म्याद थपको तयारी थालिएको छ । हालसम्म ६० प्रतिशत भौतिक प्रगति भएको रङ्गशालाको लागत मूल्य फेरि बढेको छ भने निर्माणको कामसमेत थपिएको छ । त्यहीँ कारण म्याद थप्ने तयारी थालिएको छ । चितवनबाट राजु चौधरीको रिपोर्ट : यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल.
भिडियो : गौतमबुद्ध क्रिकेट रंगशालाको काम ४० प्रतिशत बाँकी, म्याद ३ महिना