नेपाल क्रिकेट संघका सचिव पारस खड्काले नेपाल प्रिमियर लिगको उद्घाटनमा राज्यबाट प्राप्त अभिभावकत्व र विश्वासले नेपाली क्रिकेटमा नयाँ ऊर्जा थपेको बताएका छन्। उनले प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने सरकार, क्यानका पदाधिकारी, प्रायोजक र सम्पूर्ण सरोकारवालाहरूप्रति आभार व्यक्त गर्दै सहभागी टोलीलाई शुभकामना दिएका छन्।
राज्यको अभिभावकत्व र विश्वासले नयाँ ऊर्जा थपेको छ : पारस खड्का