पौवाभञ्ज्याङ पुगेका जीवन राईले टल्किएका हिमाल देखेपछि टिप्पणी गरे, ‘मौसमले दशैंलाई स्वागत गर्यो है !’ १ कात्तिक, काठमाडौं । विश्वकै तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा, कुम्भकर्ण (फक्तालुङ) लगायतका हिमशृङ्खला लस्करै टल्किएका छन् । पाँचथरको पौवाभञ्ज्याङबाट देखिने यी हिमालको दृश्य मनमोहक देखिन्छ । मेची राजमार्ग भएर यात्रा गर्नेहरूले समेत बाटैबाट हिमालको सुन्दर दृश्य नियाल्न पाउँछन् । पौवाभञ्ज्याङबाट एकातिर कञ्चनजङ्घा हिमशृङ्खला देखिन्छ भने अर्कातिर मकालु हिमालको दृश्यले मन लोभ्याउँछ । घरघरका आँगनमा रङ्ग
आहा ! हिमाल (फोटो फिचर)