लोकप्रिय गायिका तथा बौद्ध भिक्षुणी आनी नियुक्त भएलगत्तै विरोध सुरु भयो, जसले नागरिकता र सम्पत्ति शुद्धीकरणसम्बन्धी बहस तीव्र बनाएको छ। काठमाडौँ — फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार । अर्थात् फरक फरक आँखाले संसारलाई फरक फरक किसिमले देख्छ । यही गीतबाट आफ्नो पहिचान बनाएकी गायिका तथा बौद्ध भिक्षुणी आनी छोइङ डोल्मा अहिले केहीका आँखाकै तारो बनिरहेकी छन् । करिब पाँच महिनादेखि खाली भएको लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनीलाई ३० असोजमा मन्त्रिपरिषद् बैठकले नियुक्त गर्ने निर्णय गरेको थियो । तर निर्णयलगत्तै विरोध सुरु भयो । विरोधको कारण के हो ? आनीलाई जोड्दै भएको नागरिकता र सम्पत्ति शुद्धीकरण विवाद के हो ? अनि आनीको भनाइ के छ ? यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल.
भिडियो : आनी छोइङको नागरिकता विवाद के हो ? सम्पत्ति शुद्धीकरण अनुसन्धान कहाँ पुग्यो ?