राज्यको इतिहास समाजको सम्पूर्ण इतिहास होइन। राज्यको अभिलेख सुरू हुनुभन्दा पहिले पनि मानिसहरू बस्थे, प्रकृतिसँग सम्बन्ध राख्थे, ज्ञान हस्तान्तरण गर्थे, सन्तान हुर्काउँथे, सामूहिक जीवन बिताउँथे र आफ्नो संसारलाई बुझ्ने तरिका विकास गर्थे। उनीहरूको जीवनपद्धति बुझ्न राजवंशावली मात्र पर्याप्त हुँदैन। मातृसंस्कृति भनेको महिलाको शासन मात्र होइन हामीले मातृसंस्कृतिको कुरा गर्दा प्रायः त्यसलाई पितृसत्ताको ठीक उल्टो व्यवस्था ठान्ने गल्ती गर्न सक्छौं। पितृसत्तामा पुरूषले शासन गर्छ भने मातृसत्तामा महिलाले शास
कहाँ हरायो गोपाल वंशभन्दा पहिलेको समाज?