अमेरिकाको राज्य सांसद पदका लागि मेरिल्यान्ड, न्यु ह्याम्पसायर र न्युयोर्कबाट नेपाली मूलका चार जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। ह्यारी भण्डारी, सतीश चापागाईं, विश्वबहादुर शाह र सराहना श्रेष्ठ विभिन्न क्षेत्रबाट हाउस अफ डेलिगेट्स र स्टेट रिप्रेजेन्टेटिभको दौडमा सहभागी भएका हुन्।
अमेरिकाको राज्य सांसद बन्न नेपाली मूलका ४ जना चुनावी मैदानमा