मानिसको पहिचान, अस्तित्व र चेतनाको प्राथमिक आधार भाषा हो। भाषा विचार आदानप्रदान गर्ने निर्जीव साधन मात्र होइन; यो मानिसको अस्मिता, उसको सांस्कृतिक भूगोल र मनोविज्ञानको गहिरो ऐना पनि हो। म सुदूरपश्चिम नेपालको सुदूर ग्रामीण परिवेशमा, डोटेली भाषा बोल्ने समुदायमा जन्मेँ र हुर्केँ। मेरो बाल्यकाल र प्रारम्भिक शिक्षा त्यहीँको एउटा सामुदायिक विद्यालयमा बित्यो। त्यस बेला विद्यालयको औपचारिक वातावरणमा पाठ्यपुस्तक र परीक्षाको माध्यम भाषा कि त नेपाली थियो, कि त अंग्रेजी। तर जब शिक्षकहरूले पाठ्यपुस्तकका क्लिस
कसको भाषा, कसको ज्ञान?