LiveFriday, Nov 6, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

दसाैं राष्ट्रिय खेलकुदसम्बन्धी स्मारिका सामग्री वितरण

कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले दसाैं राष्ट्रिय खेलकुद प्रतियोगितासँग सम्बन्धित विभिन्न स्मारिका सामग्री वितरण गरेको छ । सुर्खेत — दसाैंं राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रचार–प्रसारलाई थप प्रभावकारी बनाउने तथा प्रतियोगिताप्रति अपनत्व र उत्साह अभिवृद्धि गर्ने उद्देश्यले कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले प्रतियोगितासँग सम्बन्धित विभिन्न स्मारिका सामग्री वितरण गरेको छ । परिषद्ले आफ्ना पदाधिकारी, प्रशिक्षक, खेलाडी तथा खेलकुद क्षेत्रका सरोकारवालालाई उक्त सामग्री वितरण गरेको हो । सोही अवसरमा आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा दसाैं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी, प्रचार–प्रसार, व्यवस्थापन तथा सफल आयोजनाका विभिन्न पक्षमा छलफल गरिएको थियो । कार्यक्रममा परिषद्का सदस्य–सचिव रवीन्द्र चन्दले दसाैं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशका लागि गौरव, प्रतिष्ठा र अवसरको विषय भएको उल्लेख गर्दै यसको सफल आयोजनाका लागि सम्पूर्ण कर्णालीवासीको साथ, सहयोग र सक्रिय सहभागिता आवश्यक रहेको बताएका छन् । चन्दले प्रतियोगितालाई भव्य, सभ्य र ऐतिहासिक रूपमा सफल बनाउन सबैले आ–आफ्नो क्षेत्रबाट जिम्मेवारीपूर्वक योगदान गर्न आग्रह गरे । उनले दसाैं राष्ट्रिय खेलकुदलाई आफ्नो गौरव र अपनत्वको विषयका रूपमा ग्रहण गर्दै प्रतियोगिताको स्वागत तथा सफल आयाेजनाका लागि सबैलाई एकजुट हुन आह्वान गरे । यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल.

Sign in with Google to open the full article.