‘दसैँ आयो’ भन्छन्, तर खै कता आयो? कुनै मोडमा हरायो कि? कतै दसैँ हाम्रो गाउँको मूलबाटोसम्म आइपुग्नै नसकेर कतै बिचैबाट फर्कियो कि? कि सहरका पक्की भवनहरू र परदेशका मरुभूमिहरूसम्म पुगेर हाम्रा गाउँहरूलाई नदेखेझैँ गरी अर्कै बाटो लाग्यो? भर्खरै उच्च शिक्षाका लागि सहर पसेको र ब्याचलर भर्ना भएको म एउटा नव युवा। दसैँको बिदा भएपछि मनमा अनेकौँ उत्साह बोकेर जब म सहरको धूलो र घुइँचो छाडेर आफ्नो गाउँ फर्किएँ, तब गाउँको ढोकामा पुग्दै गर्दा मेरो मन एकाएक भारी भएर आयो। घरको भित्तामा झुण्डिएको पात्रोमा असोज-कात्त
दसैँ कुन मोडबाट फर्कियो?