बर्नमाउथले युरोपा लिगमा बिहीबार दस खेलाडीमा सीमित एसी मिलानमाथि ३–० को प्रभावशाली जित हात पारेको छ । काठमाडौँ — बर्नमाउथले युरोपा लिगमा बिहीबार दस खेलाडीमा सीमित एसी मिलानमाथि ३–० को प्रभावशाली जित हात पारेको छ । इंग्लिस प्रिमियर लिग क्लबका लागि जस्टिन क्लुभर्ट, मार्कस टाभेरनर र आमिन एडिलले एक एक गोल गरे । यस नतिजापछि बर्नमाउथ सन् १९७३/१९७४ यता युरोपमा आफ्ना सुरुआती तीन खेल जित्ने फहिलो इंग्लिस क्लब भएको छ । अर्को प्रिमियर लिग क्लब क्रिस्टल प्यालेसले भने इस्टनबुलमा बेसिकटाससँग २–२ को बराबरी खेल्यो । यस्तै सेल्टिक भने सेल्टा भिगोसँग २–१ ले पराजित रह्यो र यो स्कटिस टिमको लगातार तेस्रो हार रह्यो । लगातार तेस्रो जित निकाल्ने क्रममा बायर लेभरकुजनले ओएफआई क्रेटलाई २–० ले पराजित गर्न सफल रह्यो । यस्तै युभेन्ट्सले रेनेससँग १–१ को बराबरी खेले । यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल.
मिलानमाथि बर्नमाउथको प्रभावशाली जित