नेपाल र दक्षिण अफ्रिकाबीच रङ्गभेदविरुद्धको सङ्घर्षमा रहेको ऐतिहासिक सम्बन्धलाई बलियो आधार मान्दै अब आर्थिक साझेदारी र व्यावसायिक सहकार्य विस्तार गर्नुपर्नेमा उच्चायुक्त अनिल सुकलालले जोड दिएका छन्। दुई देशले व्यापार, लगानी, पर्यटन, खानी तथा प्राविधिक क्षेत्रमा सहकार्य बढाउने र बहुपक्षीय मञ्चहरूमा साझा प्राथमिकताका विषयमा मिलेर काम गर्ने सहमति गरेका छन्।
‘रङ्गभेदविरुद्ध नेपाल र दक्षिण अफ्रिका सँगै थियौं, अब आर्थिक साझेदारीको पालो’