LiveFriday, Nov 6, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

करुणामय कुकुर : भोटेकोशी बाढीप्रभावितका लागि राहत लिएर आएको ‘आलोका’

अलोकाका सामाजिक सञ्जालमा लाखौँ अनुयायी रहेकाले उसको नेपाल भ्रमणले लुम्बिनी र आसपासका बौद्ध सम्पदाको अन्तर्राष्ट्रिय प्रचारमा सहयोग पुग्ने पर्यटन क्षेत्रका सरोकारवालाको अपेक्षा छ। काठमाडौँ — भोटेकोशी बाढी प्रभावितका लागि विश्वभरबाट एक लाख पाँच हजार अमेरिकी डलर संकलन गरेका भिक्षु पन्याकर आफ्नो कुकुर अलोकासहित अमेरिका फर्किएका छन्। सामाजिक सञ्जालमार्फत सहयोगको आह्वान गरेर संकलित रकम बाढी प्रभावितसम्म पुर्याउन उनी नेपाल आएका थिए। पन्याकरले ३० हजार डलर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरेका थिए। बाँकी रकमबाट बाढीपीडितलाई खाद्यान्न, लत्ताकपडा, शैक्षिक सामग्री र पोषणयुक्त खानेकुरा वितरण गरिएको थियो। उनको टोलीमा रहेको अलोका कुकुरले पनि एक सातासम्म बाढी प्रभावित क्षेत्रमा पुगेर राहत वितरणमा साथ दिएको थियो। अमेरिकामा ३ हजार ७०० किलोमिटर शान्ति पदयात्रा गरेर चर्चामा आएको अलोकाले लुम्बिनी र कपिलवस्तुका बौद्ध सम्पदाको भ्रमणसमेत गरेको थियो। गौतम बुद्धले २९ वर्ष बिताएको प्राचीन कपिलवस्तुको तिलौराकोटमा पुगेर पन्याकरले स्थानीयलाई प्रवचन दिएका थिए। उनले लुम्बिनी विश्व शान्तिका लागि सबैको आस्थाको स्थल भएको बताएका थिए। अलोकाका सामाजिक सञ्जालमा लाखौँ अनुयायी रहेकाले उसको नेपाल भ्रमणले लुम्बिनी र आसपासका बौद्ध सम्पदाको अन्तर्राष्ट्रिय प्रचारमा सहयोग पुग्ने पर्यटन क्षेत्रका सरोकारवालाको अपेक्षा छ। अक्टोबर ८ मा नेपाल आएका पन्याकर शुक्रबार अमेरिका फर्किएका हुन्। उनीसँगै अलोका पनि फर्किएको छ। यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल.

Sign in with Google to open the full article.