खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भारतीय ब्रान्ड ‘प्रियागोल्ड बिस्कुट’ मा गाईवस्तुको दानाका रूपमा प्रयोग हुने चोकर भेटिएपछि नेपालमा यसको आयात र बिक्री वितरणमा तत्काल रोक लगाएको छ। साथै, विभागले बजारमा रहेका सबै बिस्कुट फिर्ता गरी नष्ट गर्न र निर्देशनको बेवास्ता गरे कडा कानुनी कारबाही गर्ने चेतावनी दिएको छ।
गाईवस्तुको दाना प्रयोग भएको पाइएपछि ‘प्रियागोल्ड बिस्कुट’ नेपालमा प्रतिबन्धित