नेपाल राष्ट्र बैंकले अर्थतन्त्रको माग, नोटको आयु र आवश्यकताको विश्लेषण गरी पूर्वयोजना अनुसार विदेशी कम्पनीमार्फत सुरक्षित रूपमा नोट छपाइ तथा व्यवस्थापन गर्दै आएको छ। चाडपर्वका समयमा मुद्राको माग र आर्थिक गतिविधि बढ्ने भए तापनि मूल्यवृद्धि नियन्त्रण गर्न राष्ट्र बैंकले कानुनी सुरक्षण र मौद्रिक सिद्धान्तका आधारमा जिम्मेवारपूर्ण तवरले मुद्रा आपूर्ति गर्ने गर्दछ।
कसरी हुन्छ बैंक नोट छपाइ र उपयोग ?