अष्ट्रेलियामा बस्दै आएका भूषण र सेलिना कक्षपतिले ‘सगुन ग्रुप’ मार्फत नेपाली खाद्यवस्तु तथा सांस्कृतिक सामग्रीहरूको बजार विस्तार गरी त्यहाँको नेपाली समुदायमा आफ्नो पहिचान बनाएका छन्। करिब १६ वर्षदेखि संघर्ष गर्दै आएको यो जोडीले व्यावसायिक सफलतासँगै अष्ट्रेलियामा नेपाली कला, संस्कृति र परम्परालाई जीवन्त राख्न महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ।
अष्ट्रेलियामा नेपाली स्वाद पस्किंदै कक्षपति जोडी