LiveFriday, Nov 6, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

किन घटे मुस्ताङ आउने पर्यटक ?

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार गत वर्षको साउनदेखि असोजसम्म यहाँ एक लाख १८ हजार ६८५ जना पर्यटक आएकामा यस वर्ष ४१ दशमलव ५२ प्रतिशतले घटेर ६९ हजार ४०३ जना पुगेका छन् । मुस्ताङ — गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा मुस्ताङ आउने पर्यटक घटेका छन् । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार गत वर्षको साउनदेखि असोजसम्म यहाँ एक लाख १८ हजार ६८५ जना पर्यटक आएकामा यस वर्ष ४१ दशमलव ५२ प्रतिशतले घटेर ६९ हजार ४०३ जना पुगेका छन् । जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ईश्वर महतका अनुसार चालु वर्षको साउनमा ३० हजार ५३४, भदौमा २० हजार २६८ र असोज महिनामा १८ हजार ६०१ जना मात्रै स्वदेशी तथा विदेशी पर्यटक मुस्ताङ आएका छन् । जबकी गत वर्षको साउनमा १९ हजार, भदौमा २३ हजार २०५ र असोज महिनामा ७५ हजार ५९९ जना पर्यटक मुस्ताङ आएका थिए । गत भदौ १० गतेको रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी, असोजको ११ गतेको भारी वर्षाका कारण राष्ट्रिय गोरवको (बेनी—जोमसोम) सडकमार्ग दुई साता बढी पूर्ण रुपमा अवरुद्ध हुँदा मुस्ताङमा पर्यटकको आगमन संख्या घटेका हुन् । गत असोजको दोस्रो र तेस्रो साता सडक पूर्ण रुपमा अवरुद्ध हुँदा आशिंक पयटक मात्रै पोखरा—जोमसोम हवाई मार्ग हुँदै मुस्ताङ आएका उनले बताए । यसअघि भारी वर्षाका कारण बाढी पहिरो र नदी कटानले (बेनी—जोमसोम) सडकको दर्जनौँ स्थानमा सडक क्षतिग्रस्त भएको थियो । कोरला सडक आयोजनाले बेनी—जोमसोम सडक मर्मत सुधार गरी सडक सञ्चालनमा ल्याइएको पनि हाल उक्त सडक अझै पूर्ण रुपमा सहज भइसकेको छैन । प्राकृतिक विपत्तिका कारण पर्यटकको संख्यामा सुधार हुन नसकेको मुक्तिनाथ होटल एसोसिएनका अध्यक्ष सुरज गुरुङले बताए । प्रत्येक वर्ष असोज र कात्तिकमा उल्लेख्य पर्यटकको चहलपहल हुने मुस्ताङमा यसपटक सुनसान जस्तै रहेको उनको भनाइ छ । यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल.

Sign in with Google to open the full article.