LiveFriday, Nov 6, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

बार्सिलोनालाई हराएपछि पीएसजीको लगातार तेस्रो जित

पीएसजी यो जितपछि नौ अंकसहित लिग तालिकाको शीर्षमा रह्यो । बार्सिलोनाले भने सिजनकै पहिलो हार बेहोरेको छ । काठमाडौँ — डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले मंगलबार युरोपेली च्याम्पियन्स लिगमा बार्सिलोनालाई ४–२ ले हराएको छ । यससँगै उसले लगातार तेस्रो जित निकालेको छ । पीएसजीका लागि भिटिन्हा र फाबिन रुइजले खेलको अन्त्यतिर निर्णायक साबित गोल गरे । लिभरपुलले भने भिल्लारियलविरुद्धको खेलमा नाटकीय पुनरागमन जित रच्न सफल रह्यो । फिल फोडेनको ह्याट्रिकको मद्दतले म्यानचेस्टर सिटीले एईके एथेन्समाथि ५–१ को जित निकाल्यो । एएस रोमा र नेपोली पनि अत्यावश्यक जित निकाल्न सफल रहे । पीएसजी यो जितपछि नौ अंकसहित लिग तालिकाको शीर्षमा रह्यो । बार्सिलोनाले भने सिजनकै पहिलो हार बेहोरेको छ । लिभरपुलले पनि आफ्नो शतप्रतिशत प्रदर्शन कायम राख्ने क्रममा एनफिल्डमा भएको खेलमा दुई गोलले पछाडि परेको स्थितिबाट भिल्लारियललाई ४–३ ले हराएको हो । लिभरपुलका लागि एलेक्स म्याक एलिस्टरले दुई गोल गरे । अन्य खेलमा बोरुसिया डर्टमुन्डले सबाहलाई २–१, रोमाले स्लोभान ब्राटिस्लाभलाई ४–०, पीएसजी आयनहोभनले पोर्टोलाई १–० र नेपोलीले बोडो/ग्लिम्टलाई ४–३ ले हराए । फेनारबाचे र स्लाभिया प्रागले २–२ तथा स्टुटगार्ट र एटलेटिको म्याड्रिडले १–१ को बराबरी खेले । यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल.

Sign in with Google to open the full article.