पछिल्लो २४ घण्टामा देशभर भएका २० वटा विभिन्न विपद्का घटनामा परी ८ जना घाइते हुनुका साथै करिब २४ लाख १५ हजार बराबरको आर्थिक क्षति भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगलागी, सर्पदंश, पहिरो तथा जनावरको आक्रमणलगायतका यी घटनामा परी घाइतेहरूको उपचार भइरहेको र क्षति न्यूनीकरणका लागि सतर्कता अपनाउन आग्रह गरेको छ।
२४ घण्टामा देशभर २० विपद्का घटना, ८ जना घाइते