LiveFriday, Nov 6, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

श्रीमतीको हत्या गरी भागेका श्रीमान् पनि मृत भेटिए

ससुरालीमा राती २ बजेतिर ३० वर्षिया श्रीमती रिना यादव र सँगै सुतेको ४ वर्षिय छोरा सम्राट यादवलाई धारिलो हतियार प्रयोग गरेका थिए । जनकपुर — शनिबार राति धनुषामा श्रीमतीको हत्या गरी भागेका श्रीमान् पनि मृत भेटिएका छन्। गणेशमान चारनाथ–४, भरतपुर बस्ने ३५ वर्षका उमेश यादवले धनुषाकै मिथिला बिहारी-३ मिथिलेश्वरस्थित ससुरालीमा राती २ बजेतिर ३० वर्षिया श्रीमती रिना यादव र सँगै सुतेको ४ वर्षिय छोरा सम्राट यादवलाई धारिलो हतियार प्रयोग गरेका थिए । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी ओम प्रकाश खनालका अनुसार रिनाको घाँटीमा धारिलो हतियारले काटिए पछि मृत्यु भएको थियो। बालकको दाहिने तिघ्रा काटिएकोमा प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको धनुषा प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटनास्थलबाट रगत लागेको चक्कू बरामद भएको र उमेश फरार रहेकोले खोजतलास गर्दा निज घटनास्थलभन्दा अन्दाजी १ किलोमिटर पश्चिम मिथिला बिहारी–२ स्थित सिर्सिया जाने बाटोको दक्षिणपट्टि आँपको रुखमा झुण्डी मृत अवस्थामा फेला परेको छ । अजित पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् । यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल.

Sign in with Google to open the full article.