ठिक्कको पारिलो घाम, चहकिलो सूर्योदय, चिसो हावापानी र समय–समयमा सरर–सरर बहिरहने हावाले सबैलाई दसैंको आगमन महसुस गराउँछन्। दसैंको मालश्री धुन, बिस्तारै आ–आफ्नो घर जाने तरखर र घर हिँड्न लागेका गाडीहरूको चहलपहलले पनि नजिकिँदो दसैंको आभास गराउँछन्। खुला नीलो आकाश, बादलका टुक्राटाक्रीहरू र मज्जा लाग्ने हावापानीले दसैंको स्वागत घरदैलोमै ओर्लिएको अनुभूति हुन्छ। घटस्थापना लागेपछि विधिवत् रूपमा दसैंको शुभारम्भ हुन्छ। व्यापक रूपमा दसैं भनिए पनि भक्तपुरमा आफ्नै मोहनी नखा लाग्छ। दसैंको नवरात्रमा भक्तपुरका अष
भक्तपुरको मोहनी नखा