इंग्ल्यान्डका ह्यारी ब्रुकले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो दोहोरो शतक प्रहार गरेको खेलमा श्रीलंकाले रोमाञ्चक जित हात पारेको छ । काठमाडौँ — इंग्ल्यान्डका ह्यारी ब्रुकले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो दोहोरो शतक प्रहार गरेको खेलमा श्रीलंकाले रोमाञ्चक जित हात पारेको छ । ब्रुकले २ सय २ रनको योगदान गरेपछि इङल्याण्डले श्रीलंकालाई ४ सय ३० रनको लक्ष्य दिएको थियो । तर श्रीलंकाले ४९. ५ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य पुरा गरी दुई विकेटको जित हात पारेको हो । जवाफी ब्याटिङमा उत्रिएको श्रीलंकाका लागि पवन रत्नायकेले १ सय ३० रन बनाए भने अविष्का फर्नान्डो र दसुन सनाकाले समान ९७ रनको योगदान गरेका थिए । श्रीलंकाले निरन्तर आवश्यक रनरेट कायम राख्दै अन्तिम १० ओभरमा जितका लागि १ सय ९ रन बनाउनुपर्ने अवस्थामा पुगेको थियो । रत्नायके र सनाकाको विकेट गुमाएपनि श्रीलंकाले लक्ष्य पछ्याएको थियो । अन्तिम ओभरमा श्रीलंकालाई जितका लागि आठ रन आवश्यक थियो । इंग्ल्यान्डका जोस टङले बलिङ गरेको ओभरमा लगातार दुई बलमा दिनुथ वेल्लालागे र इशान मलिङ्गालाई बोल्ड गर्दै खेल रोमाञ्चक बनाएका थिए । तर, अन्तिम क्षणमा श्रीलंकाका जनिथ लियानागेले खेल अन्त्य गरेका थिए । उनले ६१ रन जोडेर टोलीको जितमा साथ दिएका हुन् । यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। कान्तिपुर पब्लिकेशन्स् लि.
ब्रुकले किर्तिमान बनाएको म्याचमा इङल्याण्ड पराजित