LiveFriday, Nov 6, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

चोटका कारण आर्सलनका बुकायो साकाले शनिबारको खेल गुमाउँदै

आर्सनलका विङ्गर बुकायो साकाले चोटका कारण शनिबार एभर्टनविरुद्धको प्रिमियर लिग खेल गुमाउने भएका छन्। कम्मरमा लागेको चोटको गम्भीरता पत्ता लगाउन थप परीक्षण गरिने प्रशिक्षक मिकेल आर्टेटाले बताएका छन्। काठमाडौँ — आर्सनलका विङ्गर बुकायो साकाले चोटका कारण शनिबार एभर्टनविरुद्धको प्रिमियर लिग खेल गुमाउने भएका छन्। कमरमा लागेको चोटको गम्भीरता पत्ता लगाउन थप परीक्षण गरिने प्रशिक्षक मिकेल आर्टेटाले बताएका छन्। २५ वर्षीय साकालाई बुधबार बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग खेलमा चोट लागेको थियो। उक्त खेल २–२ गोलको बराबरीमा सकिएको थियो। खेलको १०औँ मिनेटमा चोट लागेपछि उनी मैदान छाड्न बाध्य भएका थिए। आर्टेटाका अनुसार साकाको जाँघमा तरल पदार्थ जमेकाले चोटको गम्भीरता तत्काल यकिन गर्न कठिन भएको छ। उनको एमआरआईसहित थप परीक्षण गरिनेछ। विशेषज्ञ चिकित्सकको रायपछि मात्रै चोटको अवस्थाबारे स्पष्ट हुने आर्टेटाले बताएका छन्। खेलाडीको व्यस्त खेलतालिकाप्रति पनि आर्टेटाले चिन्ता व्यक्त गरेका छन्। लगातारका खेलले खेलाडीमाथि शारीरिक दबाब बढाइरहेको भन्दै उनले सम्बन्धित निकायलाई खेलाडीको स्वास्थ्यमा थप ध्यान दिन आग्रह गरेका छन्। यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल.

Sign in with Google to open the full article.