आक्रामक ब्याटिङ र अफ स्पिन गर्न सक्ने हुसेनले लुम्बिनीको मध्यक्रम तथा बलिङ दुवै विभागलाई मजबुत बनाउने अपेक्षा गरिएको छ। काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) को यो सिजनका लागि लुम्बिनी लायन्सले बंगलादेशका ब्याटिङ अलराउन्डर शामीम हुसेनलाई अनुबन्ध गरेको छ । आक्रामक ब्याटिङ र अफ स्पिन बलिङ गर्न सक्ने हुसेनको आगमनले लुम्बिनीको टोली थप बलियो हुने अपेक्षा गरिएको छ । हुसेन सन् २०२० मा बंगलादेशले आईसीसी यू–१९ विश्वकपको उपाधि जित्दा टोलीका सदस्य थिए । उनले सन् २०२१ मा जिम्बाब्वेविरुद्ध टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । त्यसैगरी, सन् २०२३ मा अफगानिस्तानविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पनि उनले डेब्यु गरेका थिए । घरेलु तथा फ्रेन्चाइज क्रिकेटमा समेत प्रभावशाली प्रदर्शन गरेका हुसेनले बंगलादेश प्रिमियर लिगको सन् २०२४–२५ को सिजनमा चिट्टागङ किंग्सबाट खेल्दै ३ सय ५२ रन बनाएका थिए । उनको प्रदर्शनमा टोली फाइनलसम्म पुगेको थियो । मध्यक्रममा आक्रामक ब्याटिङ गर्दै तीव्र गतिमा रन बनाउन सक्ने हुसेनले बलिङबाट पनि योगदान दिन सक्छन् । उनको अनुबन्धले एनपीएलको आगामी सिजनमा लुम्बिनी लायन्सको ब्याटिङ र अलराउन्ड क्षमता थप बलियो हुने क्लबको विश्वास छ । अंगद ढकाल , हेमन्त श्रेष्ठ विनयज्योति सापकोटा कान्तिपुर टेलिभिजनका खेलकूद संवाददाता हुन् । यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल.
बंगलादेशका ब्याटिङ अलराउन्डर हुसेन लुम्बिनी लायन्समा अनुबन्ध