चम्पीजस्तो शक्तिशाली आँधीको प्रभावले विश्वका विभिन्न क्षेत्रको मौसम प्रणालीमा पर्न असर पर्न सक्ने अनुमान छ । ४ कात्तिक, काठमाडौं । पश्चिमी प्रशान्त महासागरको माइक्रोनेसिया क्षेत्रनजिक विकसित भएको सुपर टाइफुन चम्पी सन् २०२६ कै शक्तिशाली समुद्री आँधीमध्ये एक बनेको छ । वेदर नेटवर्कका अनुसार हावाको गतिका आधारमा सुपर टाइफुन चम्पी सन् २०२६ को विश्वकै शक्तिशाली उष्णकटिबन्धीय चक्रवात हो । पश्चिमी प्रशान्त महासागरमा विकसित यस आँधीको अधिकतम हावाको गति २९६ किलोमिटर प्रतिघण्टा पुगेको छ । यो गति पाँचौँ श्रेणीको शक्तिशाली आँधीको स्तरमा पर्छ । यसअघि पूर्वी प्रशान्त महासागरमा विकसित हरिकेन पोलो सन् २०२६ को सबैभन्दा शक्तिशाली उष्णकटिबन्धीय चक्रवात थियो । पोलोको अधिकतम निरन्तर हावाको गति २८५ किलोमिटर प्रतिघण्टा पुगेको थियो । तर वायुमण्डलीय चापका आधारमा भने पोलो चम्पीभन्दा शक्तिशाली देखिएको छ । पोलोको न्यूनतम हावाको चाप ८९२ मिलिबार मापन गरिएको थियो भने चम्पीको ८९५ छ । समुद्री सतहमा औसत हावाको चाप करिब १ हजार १३ मिलिबार हुन्छ । चम्पीले स्थानीय समयअनुसार आइतबार बिहान गुआम क्षेत्र पार गर्दा राडारमा यो निकै शक्तिशाली देखिएको थियो । किन शक्तिशाली बन्यो चम्पी ? यो शक्तिशाली समुद्री आँधी अक्टोबर ११, २०२६ मा उष्णकटिबन्धीय न्यून चापीय प्रणालीका रूपमा विकसित भएको थियो । तर पछि समुद्रको न्यानो पानी र अनुकूल वायुमण्डलीय अवस्थाका कारण यो तीव्र हुँदै सुपर टाइफुनमा परिणत भएको हो । EARTH’S STRONGEST STORM 🌏: Super Typhoon Champi has exploded to Category 5-equivalent strength with maximum sustained winds of 185 mph, tying Super Typhoon Sinlaku as the strongest storm on Earth in 2026 by wind speed. Champi recently passed near Guam and is now churning across the western Pacific.
सन् २०२६ कै शक्तिशाली बन्यो सुपर टाइफुन चम्पी